प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अनिल परियारको हत्या स्थानिय निर्वाचनसँग सम्बन्धित नरहेको

चितवनको भरतपुर महानगरपालिका–१२ घर भएका अनिल परियार ‘कान कुहिए’माथि भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक गएको आइतबार साँझ अज्ञात समूहले छुरा हानेको थियो ।

छुरा प्रहारबाट घाइते भएका परियारको उपचारका लागि चितवन मेडिकल कलेज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । काँग्रेसका बागमती प्रदेश प्रतिनिधि समेत रहका उनी काँग्रेसका सक्रिय कार्यकर्ता हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अनिल परियारको हत्या स्थानिय निर्वाचनसँग सम्बन्धित नरहेको चितवन प्रहरीले बताएको छ ।