आज धनगढीमा सत्तागठबन्धनको चुनावी आमसभा देउवा र प्रचण्ड हिजै नै धनगढीमा बास

सत्ता गठबन्धनका प्रमुख दुई ठूला नेता नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी (केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड हिजो धनगढीमा पुगेका छन्।

देउवा आइतबार नै धनगढी पुगेका हुन्। उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित आफ्नै घरमा बसेका छन्।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि धनगढीमै छन्। प्रचण्ड धनगढीको रुबस होटेलमा बसेका छन्।

आज सत्तागठबन्धनले धनगढीको रङ्गशालामा चुनावी सभा गर्दैछ।

चुनावी सभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको छ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।