Breaking News

वैशाख २७ गतेसम्म गठबन्धनले भाषण गर्छन् ,३० गतेपछि गठबन्धन नटालिने गरी पङ्चर हुनेछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विराटनगरमा आज आयोजित चुनावी सभामा बोल्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि पाँच दलीय गठबन्धनको फुर्ती सकिने दाबी गरेका छन् । ओलीले वैशाख २७ गतेसम्म गठबन्धनले भाषण गर्छन् । वैशाख ३० गतेपछि गठबन्धन नटालिने गरी पङ्चर हुनेछ । मतदानपछि गठबन्धन टाइटाइ फिस हुनेछ ।’

चुनावमा एमालेसँग एक्ला एक्लै लड्न नसक्नेले देश बनाउन नसक्ने उनको भनाई थियो । उनले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्यूटी उम्मेदवार उठाए पनि चुनाव नजित्ने टिप्पणी गरे । आफ्नो पार्टीबाहेक अरूले चुनाव जित्न नसक्ने दाबी गर्दै असक्षम व्यक्ति विजयी भए कुर्सी रुने बताए । गठबन्धनतर्फ सङ्केत गर्दै ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले कुहिएका लौरा टेकेर हिँडिरहेको टिप्पणी गरे ।

अध्यक्ष केपी शर्मा ओली