Breaking News

मधेश नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दैअब सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् ।

कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संशोधनको पक्षमा आफू पनि रहेको बताए । उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताए ।

अध्यक्ष प्रचण्डले अब कुनै पनि हालतमा नागरिकताको समस्या समाधान गर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफुहरुले नागरिकताको समस्या समाधान गर्न प्रयास गरेपनि एमालेका कारण समस्या समाधान हुन नसकेको बताए ।

नागरिकताको समस्या समाधान गर्न हामीले छलफल गर्यौ । सर्वोच्च अदालतले सदनबाटै यसलाई लग्न भनेपछि सदनबाट लैजान खोज्दा एमालेले सदन नै चल्न दिएन ।’

अध्यक्ष प्रचण्ड