आदरणीय भरतपुर काँग्रेसबासीहरु भरतपुरमा बखेडा नझिक्नुहोस् मेयरमा रेनुलाई जिताएर पठाउनुहोस्

२२ वैशाख, चितवन । सत्ता गठन्धनले आज भरतपुरको चितवनमा गरेको पहिलो चुनावी सभामा बोल्ने क्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

सभामा प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए । षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ,’ यो गठबन्धन टुटाउने षड्यन्त्र चितवन, भरतपुरबाट हुनै सक्दैन ।

अहिले माओवादी केन्द्रको मेयरका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका उनले भोलि राम्रो काम गरे कांग्रेस नेता कार्यकर्ताले पनि अवसर पाउने बताए ।

देउवाले भने, ‘उहाँलाई पछि छोडिदिनुस्, हामीलाई सहयोग गर्न भनौंला । उहाँलाई यो पटक सहयोग गरेर हेर्नुपर्‍यो । त्यसैले उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो ।’