जनता सत्ता गठबन्धनलाई जिताउन आतुर छन्

२२ वैशाख, चितवन । सत्ता गठबन्धनले आज चितवनमा चुनावी आमसभा भइरहेको छ । सो सभामा सम्बोधान गर्न एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पत्रपुगेका छन् । भरतपुर विमानस्थनमा पत्रकारसँग बोल्ने क्रममा अध्यक्ष नेपालले, जनता सत्ता गठबन्धनलाई जिताउन आतुर रहेको बताएका छन् ।

‘जनताले सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भनेका छन्, प्रतिक्रिया राम्रो आइरहेको छ,’ नेता नेपालले भने, ‘भरतपुरमा केही समस्या देखिए पनि बागीलाई उम्मेदवारी फिर्ता गराउन कोशिस भइरहेको छ ।’ उनले राजनीतिक परिवर्तनमा सबै पार्टी मिलेर सहकार्य गरेर अगाडि बढेको बतातउनु भएको छ ।