सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ

१६ वैशाख, काठमाडौं । काठमाण्डौंको सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

प्रहरी परिसर, काठमाडौंको टोलीले भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरी बताउँछ ।

थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले बताएको छ ।