Breaking News

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाताको पाँचौं हार

१६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्लीले कोलकातालाई ४ विकेटले हराएको
छ । यो कोलकाताको लगातार पाँचौं हार हो ।

टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । यसको जवाफमा दिल्लीले १८ औं ओभरको अन्तिम बलमा जित हासिल गर्यो ।

दिल्लीका लागि डेभिड वार्नरले ४२, अक्षर पटेलले २४, ललित यादवले २२ र रोमन पावेलले अविजित ३३ रन बनाए ।

बलिङतर्फ उमेश यादवले ४ ओभरमा २४ रन खर्चिएर ३ विकेट झारे ।