म्यानचेस्टर सिटीले रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुयना, ग्राबियल जिसुस, फिल फोडेन र ब्रनान्डो सिल्भाले एक–एक गोल गरे ।
यता रियलका लागि करिम बेन्जिमाले दुई गोल गरे । त्यस्तै भिनिसियस जुनियरले एक गोल गरे । खेलको सुरुवातमा सिटीका लागि डी ब्रुयनाले खेलको दोस्रो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै जिसुसले ११औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
रियलका लागि ३३औं मिनेटमा रियका लागि बेन्जिमाले गोल गर्दै रियललाई २–१ गोलको अवस्थामा ल्याए । सिटीका लागि फोडेनले ५३औं मिनेटमा गोल गर्दै टिमको अग्रता ३–१ को बनाए । ५५औं मिनेटमा भिनिसियसले गोल गर्दै स्कोर ३–२ बनाए ।
७४औं मिनेटमा सिटीका लागि सिल्भाले गोल गर्दै टिमलाई ४–२ गोलको अग्रता दिलाए । ८२औं मिनेटमा रियका लागि बेन्जिमाले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता ४–३ मा ल्याए । योसँगै सिटीले पहिलो लेगमा ४–३ गोलको अग्रता लिएको छ । सिटी र रियलबीचको दोस्रो लेग मे ५ मा हुनेछ ।