खेतमै कुहियो तरकारी सहित गोलभेडा कृषक चिन्तामा

१५ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण बजार नखुले पछि कपिलबस्तुका कृर्षकको गोलभेटा बारीमा नै कुहिएको छ । कपिलवस्तु का कृषक बरईले तरकारी खेती गर्न लागेको २३ वर्ष भयो । आफ्नो एक बिघा खेतमा मौसमी तथा वेमौसमी तरकारी खेती गर्दै आएका बरईको सबै उत्पादन तौलिहवा बजारमै विक्री हुन्थ्यो ।
टमाटर, बन्दा, घिरौंला, लौका, सिमी, बोडी लगायत तरकारी खेतीबाटै उनले राम्रो आम्दानी गर्दै आएका थिए । तर यस वर्ष भने कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि उनको खेतमा उत्पादित टमाटर र बन्दा खेतमै कुहिने अवस्थामा पुगेको छ ।
बरईसँगै केबलपुरका करिब दुई सय किसानले दुई कट्ठादेखि दुई बिघासम्मको जग्गामा तरकारी खेती गर्दै आएका छन् । गाउँमा उत्पादित तरकारी तौलिहवा, जितपुर, सालझण्डीसँगै बुटवलसम्म ल्याउने गरिएकोमा लकडाउनका कारण तरकारी विक्री हुन सकेको छैन ।
लकडाउन कहिलेसम्म जारी रहन्छ भन्ने एकीन नभएपछि उनीहरुले वर्षे तरकारी खेती घटाएका छन् । बरईले पनि एक बिघामा लगाएको तरकारी १२ कट्ठामा घटाइएको बताए ।
टमाटर उत्पादनका बेला लकडाउन गरिएपछि एउटै गाउँमा तीन सय क्वीन्टल भन्दा धेरै टमाटर नष्ट हुने अवस्थामा पुगेको बरईले बताए ।
कपिलवस्तु नगरपालिकासँगै वाणगंगा, शिवपुर, बुद्धभुमी लगायतका स्थानीय तहहरुका केबलपुर, हथौसा, उप्टहवा, राजपुर, मूर्मि, भलवाड, चेत्रादेही, धनकौली, बुड्डी लगायतका गाउँ व्यवसायिक तरकारी खेतीको पकेट क्षेत्रको रुपमा विकास हुँदै गएका छन् ।
तर व्यवसायिक तरकारी खेती गर्ने क्रम बढिरहेका बेला कोरोनाका कारण उत्पन्न परिस्थितिपछि किसानमा निराशा उत्पन्न भएको छ । खेतमा उत्पादित तरकारीले बजार नपाएपछि किसानहरुले पहल गरिदिन मिडियादेखि राजनीतिक नेतृत्वलाई आग्रह गर्दै आएका छन् ।
प्रदेशसभा सदस्य विष्णु पन्थीको पहलमा अष्ट्रिच नेपाल प्रालिले एकसय क्वीन्टल टमाटर, १० हजार केजी बन्दा, मुला, कजरिब, क्याप्सिकन लगायत तरकारी विक्री बिक्री गरे पनि ३र४ सय क्वीन्टल टमाटर र बन्दा अझै खेतमै छ ।
लकडाउनपछि २० क्विन्टल टमाटर विक्री भएपनि अझै ३५ क्वीन्टल भन्दा बढी टमाटर पाकेर तयारी अवस्थामा रहेको बताए। केबलपुरकै उमेश चौहानले पनि खेतमा उत्पादित तरकारीको बजार नपाउँदा खेतमै सड्ने अवस्था पुगेको बताए ।