राष्ट्र बैंकमा फर्किए गभर्नर महाप्रसाद अधिकारी

सरकारले गएको चैत्र २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि त्यस उपर सर्वोच्चमा रिट निवेदन दिएपछि हिजो मंगलबार उनीको पक्षमा फैसला गर्दै काममा फर्किन आदेश दिएपछि आजबाट उनी राष्ट्र बैकको काममा फर्किएका छन्।

सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन्।

अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आज कर्मचारीहरूले स्वागत गरेका थिए।

तर अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुबै पक्षलाई बोलाएको छ।