पार्टीको निर्देशन अब पनि नमाने केपी आउट नेपाल इन

१५ वैशाख, काठमाडौं । पछिल्लो पटक नेकपामा देखिएको विवाद सत्ता समीकरण सम्म पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसँग सल्लाह नै नगरी एकलौटी निर्णय गर्न थालेपछि उनलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाएर अर्का नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउने सम्मको निर्णय भैंसीपाटी भेलाले यस अघिनै गरिसकेको बुझिएको छ ।
पार्टी सचिवालय र स्थायी कमिटीमा ओली इतरको बहुमत रहेकाले बहुमतबाट ओलीलाई फिर्ता गर्नेसम्मको तयारी भएको हो । प्रधानमन्त्री ओलीले राजनीतिक दल फुटाउन सहज हुने र संवैधानिक नियुक्ति सम्बन्धी अध्यादेश पार्टीका नेताहरुसँग छलफल नै नगरी ल्याएको र त्यसले पार्टी र सरकारको छवि बिग्रिएको भन्दै पार्टीका अधिकांश नेताहरू ओलीप्रति रुष्ट छन् ।
सचिवालय बैठकमा उनी विरुद्ध स्पष्ट बहुमत पुगेको छ भने स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको राजीनामा माग गर्नेसम्मको तयारी भएको
छ । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यको बैठकले तत्काल प्रधानमन्त्री ओलीको राजीनामा माग्ने तयारी गरिइको बुझिएको छ ।
श्रोतका अनुसार प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी बैठकले माधव नेपाल नेतृत्वमा बन्ने सरकारको मन्त्रीमण्डलको लिस्ट समेत तयार पारेको छ ।
नेकपाको ४५ सदस्यीय स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीविरूद्धको पंक्तिमा ३२ जना रहेको स्थायी समितिले सहज रूपमा प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गर्ने, स्थायी समितिले गरेको आग्रह नमानेमा केन्द्रीय समिति तत्काल बोलाएर प्रधानमन्त्री केपी ओलीलाई सरकारबाट फिर्ता बोलाउने र पार्टी अध्यक्षबाट समेत हटाउने तयारी गरिएको प्रचण्ड निकट स्रोतले बताएको छ ।