बिराटनगरबाट आएका मान्छेलाई नागढुङ्गामा नै होल्ड, फिर्ता गर्ने तयारी

१५ वैशाख, काठमाडौं । विराटनगरबाट काठमाडौं आएका स्थानीयवासीलाई प्रहरीले फर्काउने तयारी गरेको छ । आज सोमबार बिहान विराटनगरबाट करिब ८५ जनालाई काठमाडौं पठाइएको विराटनगर महानगरपालिका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी थिए । उनका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो । तर अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ । उनीहरूलाई फर्काउने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताएका छन् ।
केही बसबाट मानिसहरू ओसारेका रहेछन्,’डिएसपी घनश्याम श्रेष्ठले भने,’उनीहरूले स्थानीय निकायमा छलफल गरी आएका रहेछन् । उनका अनुसार ती व्यक्तिहरूलाई विराटनगर नै फर्काउन लागेका हुन् ।
’हामीले कसैलाई पनि काठमाडौं छिर्न दिएका छैनौं,’उनले भने,’उनीहरूलाई फर्काउने तयारी थालेका छौं । उनीहरूको विवरण टिपेर फर्काउने तयारी गरेको हो । उनीहरूले स्थानीय निकायसँग छलफल गरी आएको बुझिएको छ । ती मानिसहरूलाई नागढुंगामै झारेर बस फिर्ता पठाइएको पनि बताएका छन् ।