केपी र माधव बीच डेढ घन्टा गोप्य वार्ता

१५ वैशाख, काठमाडौं । गएको पछिल्लो समय नेकपाभित्रको राजनीति ले चरम रुप लिएको बेला नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच झन्डै पौने घन्टा एक्लाएक्लै कुराकानी भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ । दुई नेताबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन । ओली सरकारले राजनीतिक दल फुटाउन खुकुलो प्रावधान सहित दुई वटा अध्यादेश ल्याएपछि नेकपाभित्र चलिरहेको अन्तरसंघर्ष सतहमा देखिएको हो । सचिवालयका ९ मध्ये ६ जना सदस्यले अध्यादेश फिर्ता लिन भनेका थिए ।
अहिले नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह एकातिर छन् भने ओली अर्का्तिर भएका छन् । प्रचण्ड–नेपाल समूह आफूलाई सत्ताबाट हटाएर अघि जान लागेको भन्दै प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्नु पर्ने बताएका छन् । दुबै समूहका विभिन्न नेताहरूले विभिन्न तहमा भेटघाट र छलफललाई तीव्रता दिएका छन् । तर यो दौडधुपको परिणाम भने कस्तो आउने हो त्यो भने राजनीतिक घटना क्रमले जनाउने छ ।