सुन र चाँदीको मूल्य बढ्ने क्रममा आज प्रतितोला एक लाख २ हजार मात्र

२ वैशाख, काठमाडौं । सुन र चाँदीको मूल्य बढ्ने क्रममा आज पनि आकासिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको
हो ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य १४ सय १५ रुपैयाँ प्रतितोला पुगेको छ ।

चैत ३० गते छापावाल सुनको मूल्य एक लाख एक हजार पाँच सय र तेजावी सुनको मूल्य एक लाख एक अहजार रुपैयाँ थियो । सो दिन चाँदी १४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।