Breaking News

स्कार्पियो जीप दुर्घटना एकको मृत्यु १३ जना घाइते

१ वैशाख, वीरगञ्ज । स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका(२१ आधारभार जंगलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक
हुन् ।

दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

सिमराको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि घाइतेहरू सबैजनालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

जीतपुरसिमरा(११ मै बस्ने २२ वर्षीया उषा सेढाइ, २ वर्षीय अभय सेढाइ, ४ वर्षीया अंशु सेढाइ, ४० वर्षीया इच्छादेवी मिजार, ४८ वर्षीय जोगी मिजार, वीरगञ्ज-३२ बस्ने ५३ वर्षीया लालमुनिदेवी, १४ वर्षीया आशा साह, पर्साको बिन्दवासिनी-२ बस्ने २२ वर्षीय प्रेम साह ९गम्भीर०, १२ वर्षीय राजु गुप्ता (गम्भीर),, जीतपुरसिमरा-७ बस्ने २५ वर्षीया निर्मला देवी साह (गम्भीर), ९ वर्षीय निखिल कुमार साह, ७ वर्षीय निवेश कुमार साह र एक जना पहिचान नखुलेको व्यक्ति घाइते भएका हुन् ।