Breaking News

केपी ओलीलाई भिव रावलको प्रश्न : सुर्य चिन्ह बिक्री भएको हो र ?

नेकपा एमालेका नेता डा.भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । नेता रावले भने, सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै प्रश्न गरेका छन् । एमालेले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा चुनाव लड्न दिने तर निर्वाचित व्यक्ति पुरानै हैसियतमा रहनेगरी सहमति गरेकोमा नेता रावलले आपत्ति जनाएका हुन् ।

नेता रावलले आज सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘विपरित सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’, भन्दै प्रश्न गरेका हुन् । ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र !’