नयाँ वर्षको सुरुवात हुन्डाईको साथ सार्वजनिक

हुन्डाई अटोमोबाइलको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँ वर्ष २०७९ योजना “नयाँ वर्षको सुरुवात हुन्डाईको साथ” सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । यस्तै नयाँ वर्ष बोनस रु. ७९,०००, एक्सचेन्ज बोनस रु. ७९,००० सम्म, मोडेर इयर डिस्काउन्ट रु।९९,००० सम्म, द्रुत मूल्याङ्कन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर छुट दिइनेछ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।