प्युठानमा (विप्लव) नेतृत्वको नेकपा सत्तारुढ गठबन्धनमा समावेश

२६ चैत, बुटवल । स्थानीय तहको निर्वाचन जति नजिक हुँदैछ त्यति नै दलहरुको राजनीतिक सरगर्मी बढ्न थालेको छ । देशैभरी राजनीतिक सभा र आमसभा चलिरहेका पनि छन् । यसैत्र क्रममा प्युठानमा पनि चुनावी सरगर्मी बढेको छ । माओवादीबाट फुटेर फेरि पनि छुट्टै युद्ध गर्छु भनेर भूमिगत भएको र पछि ओलीसँग तीन बुँदे सहमती गरेर राजनीतिक धारमा आएकाके नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश भएको छ ।

नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको हो ।

हिजो गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये माण्डवी गाउँपालिकालाई विप्लव नेतृत्वको नेकपाले आफ्नो प्रभाव क्षेत्रका रुपमा लिने गरेको छ ।

तर नेकपाभित्र निर्वाचनमा भाग लिने विषयमा मतभेद छ ।