Breaking News

एउटा अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो

२६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुखप्रतिपक्ष दलका नेता केपी ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको प्रसंगमा बोल्ने क्रममा यो कार्य गलन भएको बताएका छन् । ओलीले भने, अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको प्रतिक्रिया दिएका हुन् ।

आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्थतन्त्र बुझेको मान्छेलाई बलिको बोका बनाएको बताए । ‘थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको भ्यागुतालाई कारबाही भयो’ उनले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तै भयो यो त ।’

निलम्बित गभर्नर अधिकारी अर्थतन्त्र जोगाउनका लागि प्रयासरत रहेको जिकिर गरे । ‘सरकारले गभर्नरलाई कारबाही ग¥यो रे । जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए,’ अध्यक्ष ओलीले भने, ‘राष्ट्र सेवक, एउटा अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो ।’

 

एमाले अध्यक्ष केपी ओली