हामीसँग एकडेढ घन्टा क्वारेन्टाइनमा बसेर हाम्रै फोन प्रयोग गर्ने जनप्रतिनिधिहरु घरमा बस्ने ? अनि हामी बिजोग क्वारेन्टाइनमा, यो कस्तो नियम हो ?

१५ बैशाख, पर्वत, पैंयू । पवर्तबाट काठमाण्डौंमा आएर बसोबास गर्ने महानुभावहरुलाई पर्वतका बुद्धिजिविहरुले केही दिन अघि एक सूचना प्रवाह गरे अनुसार पर्वत जिल्ला पैयू गाउँपालिकाका काठमाण्डौं बस्ने बिद्यार्थी, बिरामी भएर चेकजाँच गर्न आएकी ८४ वर्षे आमा, १० वर्षे बालक, १० महिने बालिका र अरु बिबिध कामले काठमाण्डौं आएर लकडाउनका कारण रोकिएकाहरुलाई बैशाख १३ गते बेलुका गाडीको पास मिलाई पठाइएको थियो । लकडाउनका कारण बाटोमा कुनै होटेल र पसल खुला नहुने भएकाले रातभरी भोकै र अनिद्रामै पर्वतको पैयू गाउँपालिकामा पुगेर आ–आफ्ना घरतिर जाने क्रममा त्यहाँको स्थानीय प्रशानसले काठमाडौंबाट फर्केर घर गएका करिब २४ जना पैयूबासीहरुलाई होम क्वारेन्टाइनमा राख्नुको सट्टा बिना सूचना एकाएक सेफ क्वारेन्टाइनमा राखेको छ त्यो पनि अव्यस्थित तरिकाले ।

सरकारको निर्देशन अनुसार त्यहाँको पैंयू गाउँपालिकाका जनप्रतिनिधिहरुको आकस्मिक निर्णय निकाल्दै यस पैंयू गाउँपालिकामा बाहिर जुनसुकै ठाउँबाट आउनु हुने आगन्तुक तथा स्थानीयबासीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गर्दै काठमाण्डौंबाट आएका २४ जना स्थानीयबासीहरु समेतलाई क्वारेन्टाइनमा राखिएको बताउँदै सोही निर्णय अनुसार उहाँहरुलाई क्वारेन्टाइनमा राखिएको बताएको छ । सोही अनुसार ति २४ जना पनि क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् । उनीहरु भन्छन्, हामी काठमाण्डौंबाट आएका हौं, हामीलाई सेफ क्वारेन्टाइनमा राख्नुको सट्टा होम क्वारेन्टाइनमा राख्नु पर्ने हो, यसो नगरिएर अमानवीय व्यवहार गरियो । तर हामी क्वारेन्टाइनको बिरोधी भने होइनौ, सबैले सकज, सर्तकता अपनाउनु पर्छ । क्वारेन्टाइन भनेपछि व्यवस्थित, सफा हुनुपर्यो, तर त्यस्तो नभएर सबै २४ सैंं जनालाई एकै ठाउँमा कोचिएर राखिएको र खानबस्नको पनि राम्रो व्यवस्था नभएको तिनीहरु बताउँछन् ।
त्यहाँभित्रका एकजना पुरुषका अनुसार क्वारेन्टाइन भनेर भनिएको छ, तर खानबस्नको व्यवस्था छैन, सुत्ने बेड र ओड्ने कपडाको बन्दोबस्तो छैन, यहाँका जनप्रतिनिधिहरु हामी बसेको क्वारेन्टाइनमा आएर छलफल गरेर गए तर अहिलेसम्म क्वारेन्टाइनको ब्यवस्थापन बारे कुनै चासो देखाएका छैनन् । उनीहरु फेरी फर्केर आएका पनि छैनन् । जनप्रतिनिधिहरुले बाहिरबाटै फोनगरी हामी निर्णय गर्दैछौं, केही व्यवस्था हुँदैछ भनेर हामीलाई आश्वासन दिए तर अहिलेसम्म पनि ति आश्वासन दिने जनप्रतिनिधि फेरी सम्पर्कमा आएका पनि छैनन् । हाम्रो अवस्था कस्तो छ भनेर बुझ्न समेत आएका छैनन् । यो कस्तो रबैया हो ?
त्यही मध्यका एकजना बिद्यार्थी नबिनकुमार भण्डारीले आफ्ना कुरा र समस्या जनप्रतिनिधिहरु र त्यहाँको स्थानीय प्रशासनले नसुने पछि बाध्य भएर सामाजिक संजाल फेसबुक भिडियो मार्फत् भन्दैछन्, काठमाण्डौंबाट हामीलाई पर्वतका बुद्धिजिवीहरुले गाडीको पासको व्यवस्था मिलाएर हामीहरुलाई यहाँ पर्वतका पैंयूमा सकुशल पठाएको तर हामी पैंयूमा पुग्दा यहाँको स्थानीय प्रशासन र जनप्रतिनिधिको एकल ठाडो निर्णय लाद्दै बिजोक अवस्थामा स्कुलको चिसो कोठामा क्वारेन्टाइन भनेर राखिएको छ । स्थानीय प्रशासनको यस्तो प्रकारको निर्दयी र तुच्छ रबैयाप्रति हामी घोर आपत्ति जनाउँदै विरोध गरेको भिडियो मार्फत् भनेका छन् । काठमाण्डौ बाट आएकाहरुलाई सेफ क्वारेन्टाइनमा नराखेर र्यापिट टेष्ट गरी होम क्वारेन्टाइनमा राख्नु पर्नेमा सिदै सेफ क्वारेन्टाइनमा राखिएको त्यसमा पनि अवस्थित गरिकाले । यस्तो अवस्थित क्वारेन्टाइनका कारणले निरोगी भएका र सध्य मानिसलाई पनि रोगी बनाउने र मानसिक टेनसन हुनसक्ने समेत सूचना प्रवाह गरेका छन् । काठमाण्डौ बाट आएकी ८४ वर्षे आमा, १० वर्षे बालक र १० महिने बालीकालाई पनि त्यही क्वारेन्टाइनमा राखिएको छ ।
पैंयू–७, भोर्ले की ८४ वर्षे आमा BP हाई रोगका कारण उपचार गर्न काठमाण्डौ गएको बेला लकडाउन भएपछि काठमाण्डौं मा नै रोकिएर करिब एक महिनापछि अत्यन्तै दुख्खका साथ आफ्नो घर आउँदा यहाँका जनप्रतिनिहरुले ति आमाको बिरामी अवस्था नै नबुझि क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनको चिसो र खानबस्नको समेत व्यवस्था नभएको हुँदा बिरामी झन बिरामी हुने हुनकी भनेर उहाँकी छोरीको दुखेसो पोख्छिन् । यदि मेरो आमालाई रोग बल्झिएर फेरी बिरामी भइन वा अरु केही भइहाल्यो भने त्यसको जिम्मेवारी यहाँको स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले लिनुपर्ने बताउँछिन् । उनी भिडियो भन्दैछिन्, काठमाण्डौंबाट सँगै आएका गाडीहरुमा अरु गाउँपालिकाले आफ्ना मान्छेलाई होम क्वारेन्टाइनमा राख्नुपर्ने हामीलाई मात्र सेफ क्वारेनटाइनमा किन ? आखिर हामी काठमाणडौंबाट आएका हौं, अरु मुलुकबाट त आएका होइनौ । उनका अनुसार वालिङ टेलिभिजनका समाचार प्रमुख निर्भीक नारायण भुर्तेल ले हाम्रो बारेमा टिभि बालिङलाई सही र सत्यतथ्य समाचार नदिएर झुट र भ्रमको समाचार प्रशारण गर्न दिएको उनले बताउँदै आक्रोस पोखेकी छिन् । हामी क्वारेन्टाइनमा बस्न चाहन्छौं तर चेकजाँच नगरी भेडाबाख्रा हुलेसरी रान्न पाइन्छ ? कित हामीलाई चेकजाँच गरेर त्यस्तो संक्रमण छ भने क्वारेन्टाइनमा राखिनु पर्यौ हैन भने घर जान दिएर हामी आफै होम क्वारेन्टाइनमा सेफ बस्छौं । भिडियोमा भनिएको छ, हामी काठमाण्डौं बाट आएका हौ, कुनै अर्को मुलुक तथा भारतबाट आएका होइनौ, काठमाण्डौ भन्दा आफ्नै घरमा परिवारसँग बस्छौं भनेर आएको तर हामीलाई पूर्व कुनै जानकारी र सूचना नदिई क्वारेन्टाइनमा अमानवीय पाराले राखियो । हामी सुरक्षित र सतर्क छौं, हामी होम क्वारेन्टाइनमा बस्दछौं, हैन भने राम्रो व्यवस्थापन
हुनुपर्यो । भिडियो भनिएको छ , हामीलाई नाजुक अवस्थामा राखेको, अस्तव्यस्थ तरिकाले सबैलाई एकै ट्वाइलेट प्रयोग गर्न दिएको, बिहानदेखि खानासमेत खाना नदिएको जस्ता समस्या देखाएका छन् । त्यस्तै उनले भिडियोमा उपचारको सिलसिलामा काठमाण्डौं गएकी एक ८४ वर्षे आमा उपचार गरेर निको भई आफ्नो घर फर्कदा आज घरजान नदिएर विहानदेखि खाना समेत खान नपाएर फेरी बिरामी हुने सम्भावना हुन्छकी भन्ने सन्देश दिएका छन् ।
पैयु गाउँपालिकाले क्वारेन्टाइन भनेर लजास्पद तरीकाले हामीमाथि निर्दंयी निर्णय लादी हामीलाई भित्रै थुनि, गेटको बाहिरबाट चापी लाएको समेत भिडियोमा भनेका
छन् । भित्र कुनै राम्रो खालको व्यवसथा नभएको दुखेको पोख्दै उनले भिडियो मार्फत् भनेका छन्, बाहिरबाट जनप्रतिनिधिहरुले रमिते बनेर भित्र हामीलाई हेरिरहेका छन् । उनीहरुलाई लाग्छ होला, क्वारेन्टाइनमा बसालेर राम्रो निर्णय गर्यौं, यद्येपी, हामी लकडाउनको पक्षमा छौं, हामी १४ दिने क्वारेन्टाइनमा राखेर दुखित भने भएका होइनौं । तर, यो अस्थव्यस्थ अवस्थामा पनि उहाँहरु जप्रतिनिधिहरु हामीसँगै, बस्नु्हुन्छ, आउन्हुन्छ, हामीसँगै एकडेढ घन्टा बसेर हाम्रै मोबाइलबाट अरुलाई फोन समेत प्रयोग गर्नु हुन्छ । अनि हामी क्वारेन्टाइनमा बस्ने, उनीहरु घरमा सबैसँग घुलमिल हुने ? यो कस्तो क्वारेन्टाइन हो भनेर प्रति प्रश्न गर्नु हुन्छ । त्यस्तै हामीसँग सँगै बस्ने अनि बाहिर गएर यिनीहरुलाई क्वारेन्टाइनमा राख्नै पर्छ भनेर निर्णय गर्ने ? त्यस्तै उनले भिडियोमा स्कुलमा राखिएको क्वारेन्टाइन भनेर हिजो मात्र झुन्डाइएको बोर्डतर्फ संकेत दिदै भन्छन्, यो बोर्ड रोखेर के तमसा देखाइएको ? हामी भोका छौं, निद्रा लागेको छ, अनि हामीलाई पूर्व सूचना र जानकारी नै नदिई एकाएक क्वारेन्टाइनमा राखिन्छ । सँगै आएका गाडीका मान्छेहरुलाई कोही गाउँपालिकाले घर पठाउने अनि हाम्रो पालिकाले हामीलाई क्वारेन्टाइनमा राख्ने, यो कस्तो नियम हो ? कोहीलाई घरमा र कोहीलाई बिजोक अवस्थामा क्वारेन्टाएनमा ? आखिर काठमाण्डौंबाट संघैं आएका छौं ।
अन्य जिल्ला, तराई र भारतबाट आएको भए ठिकै थियो, तर देशभरीका स्थानीय पालिकाहरुले काठमाण्डौंबाट आएका मान्छेहरुलाई चेकजाँच गरेर होम क्वारेन्टाइनमा बस्न दिएका छन् भने हामीलाई किन सेफ क्वारेन्टाइनमा ? त्यसमा पनि अव्यवस्थित किन ? भिडियोमा उनी भन्दैछन् यहाँ यस्तो खालको क्वारेन्टाइन बनाइएको छ, ट्वाइलेटको अवस्था नाजुक छ, लेडिज र जेन्स ट्वाइलेट एउटै छ, उनले भिडियोमा आफू बाध्य भएर फेसबुक मार्फत् आफ्नो पीडा र स्थानीय जनप्रतिनिधिको रबैयाको हर्कत सुनाउन खोजेको बताएका छन् । आफूहरुले जनप्रतिनिधिहरुसँग पटक–पटक फोन सम्पर्क गरेर अनुरोध गर्दा पनि आफुहरुका कुरा सुन्नु भएन, तपाई बुद्धिजिवि हुनुहुन्छ हामीले सोधको प्रश्न को उत्तर दिनु हुन्न त्यसैले बाध्य भएर फेसबुक लाईफ बाट आफ्ना गुनासा पोखेको र सम्बन्धित निकायले सुनोस् र मिडियाहरुले हाम्रो पीडाका सत्य र तथ्य समाचार प्रशराण गरुन भन्ने सन्देश जाओेस् भनेर आफुले भिडियो बनाएको बताएका छन् ।