Breaking News

धादिङमा सत्तारूढ गठबन्धनका दलहरूले स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय

२४ चैत्र, काठमाडौं । सत्तारूढ गठबन्धनका दलहरूले स्थानीय निर्वाचनमा धादिङमा तालमेल गरेर जाने निर्णय गरेका छन् ।

आज गल्छीमा बसेको जिल्लास्थित गठबन्धनका दलहरूको संयुक्त बैठकले जिल्लामा रहेका १३ वटा स्थानीय तह, १ सय ४ वडा र जिल्ला समन्वय समितिमा पनि चुनावी तालमेल गर्दै निर्वाचन सफल बनाउने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता राजु नेपालले जानकारी दिए ।

स्थानीयत तहमा चुनावी तालमेलका लागि १३ वटै स्थानीय तहमा नेपाली कांग्रेसको पालिका सभापतिको अध्यक्षतामा संयुक्त संयन्त्र निर्माण गर्ने निर्णय भएको नेता नेपालले जानकारी दिए । बैठकले गठबन्धनको मर्म र भावना अनुरूप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ ।

तालमेलमा भागबण्डाका लागि दलगत वस्तुस्थितिका बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट २र२ जना प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने सहमति पनि दलहरूबीच बनेको छ ।