२५ चैत, काठमाडौं । चितवनमा वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्ने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले तत्कालीन नेकपाको बहुमत हिस्सा आफूतिर लागेपछि आफूमाथि ‘अट्याक’ गरिएको बताएका
छन् ।
‘अत्यधिक बहुमतले प्रचण्डको प्रस्ताव पारित गर्ने’ प्रचण्डको भनाइ छ, ‘अनि प्रचण्डकै पछि लाग्नुपर्छ भनेर एमालेका पनि हिंड्न थालेपछि केपी गुट, त्यसमा मुख्य पाँच सात जना छन्, तिनीहरूले गौशालाको पशुपति प्लाजामा बैठक बसे । पार्टी त गयो । सिंगै एमाले प्रचण्डको हातमा जाने भयो भनेपछि अब प्रचण्डमाथि अट्याकको विकल्प छैन् भनेर अट्याक गरेको हो ।’
अदालत र निर्वाचन आयोगले संविधान अनुसार काम गरेको भए अहिले एमाले पार्टी नै नरहने अवस्था रहेको समेत उनको भनाइ छ। ‘केपीलाई संचालन गर्ने विदेशी गुटले यति ठूलो सडयन्त्र र डिजाइन गर्यो, त्यो सडयन्त्र र डिजानका कारण अदालत प्रयोग गरेर पार्टीलाई दुई ठाउँ पुर्याइयो’ प्रचण्डले भने, ‘यदि निर्वाचन आयोग र अदालते संविधान अनुसार, कानून अनुसार, विगतको नजिर अनुसार काम गरेको भए आज केपी ओलीसँग एमाले रहँदैन्थ्यो ।