रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा विप्लव नेतृत्वको नेकपा द्धारा उम्मेदवारीको घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवार घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चूडामणि ओली‘आदर्श’लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तत्कालीन माओवादी जनयुद्धमा लामो योगदान गरेका ओलीलाई पार्टीले गंगगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने चयन गरेको हो । २०७४ सालको निर्वाचनमा सो गाउँपालिकाबाट माओवादी केन्द्रबाट वीरबहादुर खत्रीले जितेका थिए ।