काठमाण्डौ खुजामञ्चमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित राजेन्द्र लिङदेनले राजधानी काठमाण्डौमा पहिलो पटक खुजामञ्चमा आमसभा गरेको छ ।

स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरिरहेको छ । आमसभामा त्यति उल्लेख्य मात्रामा जनसमुदायको सहभागिता नभए पनि राप्रपाले काठमाण्डौंमा आमसभा गरी शक्ति प्रदर्शन भने गरेको छ  सभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत थुप्रै केन्द्रीयस्तरका नेता मञ्चमा देखिएका छन् ।

राप्रपाले यो भन्दा पहिला देशका विभिन्न ठाउँमा सभा गरिसकेको छ ।