म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको अवसरमा साँस्कृतिक झाँकी सहितको र्याली निकालिएको छ । नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गरेका छन्।
आजबाट सुरु भएको महाधिवेशन भोलि शनिबार समापन हुने आयोजकले जनाएको छ । महाधिवेशनबाट आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ ।