Breaking News

म्याग्दीमा सत्तारुढ पाँच दलहरुले जिल्लाका ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने

बेनी । केन्द्रमा पाँच दलीय गठबन्धन छ । त्यसको प्रभाले सात वटै प्रदेशमा समेत पाँच दलीय गठबन्धन प्रदेश सरकार समेत चलिरहेका छन् । आउँदे बैशाख ३० गते हुन लागेका स्थानीय चुनावमा समेत सात्ता पाँच दलीय गठबन्धनले सँगै गठबन्धन गरेर देशैभरी जाने बताइरहेको बेला गण्डकी प्रदेशको म्याग्दीमा सत्तारुढ पाँच दलहरुले जिल्लाका ६ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । हिजो विहिबार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को संयोजकत्वमा कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले आगामी ३० बैशाखमा हुने निर्वाचनमा सबै स्थानीय तहमा साझा उम्मेद्धार बनाएर जाने सहमति गरेका हुन् ।

वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेद्धारको टुंगो लाग्ने कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिए । ‘सबै दलको वडा तहबाट रिपोर्ट आएपछि अर्को बैठक बसेर रिपोर्टको आधारमा म्याग्दीका सवै वडा र पालिकामा साझा उम्मेद्धार उठाउने निर्णय भएको छ ’,सचिव पुनले बताए । म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्न जिल्ला र पालिका स्तरीय संयन्त्र समेत निर्माण गरेका छन् ।

बैठकमा माओवादी केन्द्रबाट जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकिकृत समाजवादीबाट जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष छबि विश्वकर्मा र जनता समाजवादीबाट देबेन्द्र विश्वकर्मा सहभागि हुनुहुन्थ्यो । साथै संविधान सभा सदस्यद्धय रेशमबहादुर बानियाँ र गोबिन्द पौडेल , गण्डकी प्रदेश सभा सदस्य विनोद केसी , कांग्रेस म्याग्दीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केबी भण्डारी ,टेकबहादुर विक ,हेमराज शर्मा , कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुन ,शेरबहादुर केसी ,देउप्रसाद छन्त्याल,श्रीराम पौडेल ,मुना बानियाँ लगायतको उपस्थिती रहेको थियो ।

लेखक : कृष्णबहादुर कार्की