पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँले मुल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले आज बुधबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँले भाउ बढाएको हो।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ।