धादिङ खनियाघाँट गाउँपालिका अध्यक्षमाथि आफ्नै पार्टीका कार्यकर्ताहरूद्धारा आक्रमण

धादिङमा नेपाली कांग्रेसबाट निर्वाचित खनियाघाँट गाउँपालिका अध्यक्षलाई उनकै पार्टीका कार्यकर्ताहरूले आक्रमण गरेका छन्।

वैशाख ३० मा हुने स्थानीय चुनावको उम्मेदवारबारे भएको छलफलमा विवाद हुँदा खनियावास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि बेलुकी आक्रमण भएको हो।

कांग्रेसका पूर्वक्षेत्रीय सभापति राजु पाख्रीनलगायतको समूहले गाउँपालिका अध्यक्ष तामाङमाथि आक्रमण गरेको आरोप छ।

‘अध्यक्षका अनुसार टिकटको विषयमा कुराकानी भइरहेको थियो, मैले पनि केही कुरा राख्दा आक्रमण गरे,’ ‘मलाई कचौराले हानेका हुन्। कुरा राख्दा आक्रमण होला भन्ने मैले सोचेकै थिइनँ।’

उनको अनुहारमा चोट लागेको छ। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले कांग्रेसकै नेता पाख्रीनलाई नियन्त्रणमा लिएको छ।