अन्तर्राष्टिय नाकामा बैशाख ३१ गतेसम्म अवागमन रोक्न आदेश

१४ वैशाख, काठमाण्डौ । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो । सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो । साथै अजै बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय समेत गरेको छ ।