उद्धारको आदेश कुर्दै महाकालीपारीका जनता

१३ वैशाख, कैलाली । कोरोना भाइरस फैलिएपछि नेपालमा मात्र नभएर भातरले समेत लकडाउन गरेपछि भारतका बिभिन्न ठाउँमा रोजगारीका रुपमा गएका नेपालीहरु नेपाल फर्कने क्रममा एक महिनादेखि महाकालीपारि करिब दुई हजार बढी नेपाली अलपत्र परेका छन् । संघीय सरकारले यस विषयमा ठोस निर्णय नगर्दा अलपत्र नेपालीहरूको उद्धारमा अझै चासो देखाइएको छैन ।
रुपन्देहीका नाकाबाट नेपालीहरूको उद्धार भए पनि कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलापारि रहेका दुई हजार बढी नेपालीहरूको भने उद्धार हुन सकेको छैन । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले उद्धारको तयारी गरेका छन् । सम्बन्धित स्थानीय तहले पनि गाडीको व्यवस्थापन गर्नेदेखि अन्य तयारी गरिसकेको बताएका छन् । तर, गृह मन्त्रालयले निर्देशन नदिँदा उद्धारमा भने ढिलाइ भइरहेको छ ।
अहिले कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरू गृह मन्त्रालयको निर्देशन पर्खिरहेका छन् । बैतडीपारि पनि करिब एक हजारभन्दा बढी नेपाली अलपत्र परेका छन् । दार्चुलापारि धार्चुलामा सबैभन्दा बढी नेपाली अलपत्र परेका छन् । हजारभन्दा बढी नेपालीहरूलाई विभिन्न ६ वटा क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेको महिनादिनसम्म पनि गृह मन्त्रालयबाट निर्देशन नआउदा उनीहरूलाई नेपाल ल्याउन सकिएको छैन ।
बैतडीपारि पनि करिब एक हजारभन्दा बढी नेपाली अलपत्र परेका छन् । अझैसम्म मन्त्रालयको निर्देशन नआउँदा उद्धार गर्न नसकिएको छैन ।
झुलाघाट नाकापारि आठ सय ३७ जना बैतडीका नागरिक मात्रै अलपत्र परेका छन् । बैतडीसँगै अन्य जिल्लाका पनि नागरिक रहेको उनले जानकारी दिए । उनीहरूलाई सात वटा क्वारेन्टाइनमा राखिएको छ ।
कञ्चनपुरको सीमापारि पनि दुई सय ५१ जना नेपाली अलपत्र परेका छन् । उनीहरूलाई सात वटा क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको उद्धारका लागि कञ्चनपुरको प्रशासन कार्यालयले तयारी गरेको छ । अहिले प्रमुख जिल्ला अधिकारी नुर खतिवडा गृहको निर्देशन कुरेर बसेका छन् । अलपत्र परेका नेपालीहरूका विषयमा गृह मन्त्रालयबाट कुनै निर्देशन दिएको छैन । गड्डाचौकीपारि अलपत्र परेका नेपालीहरूलाई महेन्द्रनगरस्थित वैद्यनाथ बहुमुखी क्याम्पसमा राखेर स्वास्थ्य परीक्षण गर्ने तयारी समेत गरिएको छ । यता कैलालीको त्रिनगर सीमापारि पनि १२० जना नेपाली अलपत्र परेका छन् । उनीहरूलाई नेपाल ल्याउने विषयमा तयारी भइरहेको छ । तर, मन्त्रालयबाट कुनै निर्देशन दिएको छैन ।
सीमापारि अलपत्र परेका नेपालीलाई नेपालल्याउने र नेपालमा रहेका भारतीय नागरिकलाई भारत फर्काउने विषयमा शनिबार मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराबीच छलफल भएको छ । अब तिनीहरुलाई तत्काल उद्धार गरेर नेपाल ल्याइने बताइएको छ ।
यसअघि चैत २५ गते सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारलाई आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशले सिमापारि अलपत्र परेका नेपालीहरुले घर फर्किने अपेक्षा राखेका थिए । तर, गृह मन्त्रालयबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र नगर्दा उद्धारमा ढिलाइ भएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले उद्धारको तयारी गरेका छन्। सम्बन्धित स्थानीय तहले पनि गाडीको व्यवस्थापन गर्नेदेखि अन्य तयारी गरिसकेको बताएका छन् । तर, गृह मन्त्रालयले निर्देशन नदिँदा उद्धारमा भने ढिलाइ भइरहेको छ ।

Stranded Nepalis are seen sitting at the bank of Mahakali River in Dharchula in India, across the Nepal-India border as pictured from Darchula district. Photo Courtesy: Narendra Karki