सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ : मनाङमा ६ हजार ५७१ मतदाता

७ फागुन, काठमाडौं । निर्वाचन आयोगले बताए अनुसार सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो । मनाङमा ६ हजार ५७१ मतदाता रहेका छन् । मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । सबैभन्दा कम मतदाता रहेको मनाङ जिल्लाको नार्पाभूमि सबैभन्दा कम मतदाता रहेको पालिकामा परेको छ । जहाँ ४५० मतदाता रहेका छन् ।

मुस्ताङमा १० हजार ७९० जना मतदाता रहेका छन् ।

सबैभन्दा कम मतदाता रहेको अर्को जिल्ला डोल्पा पनि हो । डोल्पामा २२ हजार ६५१ मतादता छन् ।

सबैभन्दा कम मतदाता रहेको ३ पालिकामध्ये बाँकी दुई पालिका मनाङकै चामे र डोल्पाको ताङसोङ हो । निर्वाचन आयोगका अनुसार चामेमा ७२२ र ताङसोङमा ९८४ मतदाता रहेका छन् ।