२७ फागुन, काठमाडौं । निर्वाचन आयोगले आज विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न बोलाएको थियो । उक्त छलफपलमा नेकपा एकीकृत समाजवादी पार्टी रलोकतान्त्रिक समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएर छलफलमा बोलाएको भन्दै प्रमुख विपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ ।
भदौ २ गते सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । सोही अध्यादेश अनुसार माधव नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरले जसपा फुटाएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका थिए । जसलाई निर्वाचन आयोगले भदौ ९ गते नै मान्यता दिएको थियो ।
एमालेले भनेको छ, अध्यादेश अनुसार पार्टी फुटाउँदा राष्ट्रिय दल हुन सक्ने तर, अध्यादेश फिर्ता भएपछि उक्त पार्टी राष्ट्रिय दल कहिलेसम्म कायम रहने भन्ने विषयमा कानूनी व्यवस्था प्रष्ट नभएको बतायो ।
कानूनी व्यवस्था प्रष्ट नभएकाले अध्यादेश फिर्तासँगै नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रिय दलको मान्यता पनि खारेज भएको नेकपा एमालेले भनेको छ तर, बस बारेमा निर्वाचन आयोगका अधिकारीहरूले जवाफ दिएका छैनन् ।