रारा निकुन्ज भित्रको होटेलमा आगलागी हुँदा लाखौंको क्षति

१३ वैशाख,मुगु । कोरोना भाइरसले मुलुक लकडाउनमा रहेको बेला कर्णाली प्रदेशको हिमाली जिल्लामा रहेको पर्यटीय स्थल रारा राष्ट्रिय निकुञ्जमा आगलागी भएको
छ । निकुञ्ज भित्र रहेको हुटु क्षेत्रमा रहेको होटल भिलेज हिरिटेज एण्ड रिसोर्ट आगालीबाट जलेर पूर्ण क्षति भएको छ ।
रारा निकुन्जको कार्यालय भन्दा ५० मिटर माथि रहेको भिलेज हिरिटेज एण्ड रिसोर्टमा आज शनिबार बिहान ९. ४५ बजे एक्कासी आगलागी हुँदा २ तले भवनसहित भान्सा लगाएत अन्य भौकित संरचना आगलागीबाट जलेर नष्ट हुँदा लाखौँको क्षति भएको निकञ्ज कार्यालयले जाकारी दिएको छ ।
सो भवन ०७० सालमा १० वर्षका लागि भाडाममा लिई आन्तरिक तथा बाह्य पर्यटकका लागि बस्न र खान सुविधासहित होटल संचालनमा ल्याइएको थियो । निकुञ्ज कार्यालय र नेपाली सेनाको श्री दल गुल्मको बीचमा यो होटल छ । होटलमा एक्कासि आगो लागेको थियो । लक डाउन भएका कारण होटलमा बस्ने ग्राहक भने थिएनन् ।
होटलका म्यानेजर र अन्य तीन जना कामदार मात्र रहेका थिए । स्टोर कोठामा राखिएका सोलार प्यानका उपकरणको तारलाई मुसाले काटेकै कारणले आगलागी भएको अनुमान गरिएको र आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको होटल भिलेज हिरिटेजले जानकारी गराएको छ ।
रिसोर्ट नजिकै रहेको श्रीदल गुल्मबका नेपाली सेना र निकुञ्ज कार्यालयका वन रक्षक र अन्य कर्मचारी टोलीले आगो निभाएका थिए । आगो दिउँसो २ बजे नियन्त्रणममा आएको थियो । आगलागी भएको जानकारी पाउन साथै सदरमुकामा रहको नेपाली सेनाको सुरक्षा बेश क्याम्प शस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसमेत घट्ना स्थलमा पुगी आगो नियन्त्रणमा गरिएको थियो ।

  तस्बीर : जिवन सेजुवाल