२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै आसन्न स्थानीय चुनावमा हार्न योग्य दल नेकपा एमाले भएको टिप्पणी गरेका छन् । दुईपटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले भएको उनको तर्क छ ।
महामन्त्री थापाले भने, ‘संसद पटक पटक विघटन गर्ने एमाले हो । उसले दण्ड पाउनुपर्छ ।’
आफ्नै घरमा आगो लगाउनेलाई किन भोट हाल्ने भनेर तपाईंहरुले जनतालाई भन्नुपर्छ ।’
२०७४ को आम चुनावमा कांग्रेसले सरकार बनाउने म्याण्डेट नपाएको भएपनि तत्कालिन नेकपाको अकर्मण्यताका कारण सरकारको नेतृत्व गर्नुपरेको उनले बताए ।