Breaking News

साइबर ब्युरोले सेलेब नेपालका सञ्चालक युट्युबर राहुल थापा पक्राउ

पछिल्लो समयमा युट्युबरले समाजमा विकृति फैलाउने खालका भिडियो प्रसारण गरेकाले त्यस्ता युट्युबरलाई कारवाही र युट्युबलाई कानुनी दायरामा ल्याउनु पर्ने जनगुनासो अनुसार हिजो मात्रै सूचना तथा संचार मन्त्रालयले युट्युबलगायत बिद्युतीय च्यानलले अबदेखि गर्नु पर्ने कानुनी प्रक्रिया र निगम लागू हुने बताएसँगै नेपाल प्रहरीको साइबर ब्युरोले एक युट्युबर सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ।

गुल्मी घर भई बुटवल महानगरपालिका(-३ बस्ने २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० नविन्द अर्यालले जानकारी दिए। उनलाई प्रहरीले आज पक्राउ गरेको हो।

थापाले सेलेब नेपाल नामको युट्युब च्यानल सञ्चालन गरेर त्यसमार्फत् पीडितको मानमर्दन र चरित्र हत्या गरेको आरोप छ।

ब्युरोले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान अघि बढाएको बताएको छ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

यस्तै, ब्युरोले आज नै ललितपुर बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको छ। उनीमाथि नाबालिगको अश्लिल तस्बिर तथा स्ट्याटस राखेको आरोप छ।