बर्नलीलाई ४-० गोल अन्तरको फराकिलो जित निकाल्दै चेल्सीले सहज जित

एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा बर्नलीलाई ४-० गोल अन्तरको फराकिलो जित निकाल्दै चेल्सीले सहज जित निकालेको हो।

चेल्सीलाई जिताउन काइ हाभर्ट्जले दुई गोल गर्दा रीस जेम्स र क्रिस्चियन पुलिसिचले १(१ गोल गरे।

पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा चेल्सीले उत्कृष्ट प्रदर्शन गरेको थियो।

दोस्रो हाफको सुरूमै ४७ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई सुरूआती अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा हाभर्ट्जले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको ३ मिनेटपछि हाभर्ट्जले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले ३(० को अग्रता बनायो ।

त्यसपछि खेलको ६९ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई ४(० को एकतर्फी अग्रता दिलाए। त्यसपछि गोल हुन नसके पनि चेल्सीले सहज जित निकाल्यो

यो जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोड्दै तेस्रो स्थानमा कायमै छ।

पराजित बर्नली २१ अंक जोडेर १८ औं स्थानमा रहेको छ।

तालिकामा ६६ अंक जोडेको म्यान्चेष्टर सिटी शीर्ष स्थानमा कायमै रहँदा ६३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ।