२० फागुन, काठमाडौं । संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को अनुमोदन गरेको विरोधमा विभिन्न आठवटा पार्टीले काठमाडौंमा आज प्रदर्शन गरेका छन् । उक्त सम्झौता राष्ट्रघाती रहेको भन्दै उनीहरूले संसद्बाट अनुमोदन गरेको भन्दै काठमाडौंमा प्रदर्शन सहित खुलामंचमा गएर आमसभा गरेका छन् ।
आमसभामा नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाको सहभागीले छ ।
प्रदर्शन काठमाडौंको माइतीघर, त्रिपुरेश्वरबाट सुरु भएको प्रदर्शनपछि खुल्लामञ्चमा आमसभा आयोजना गरिएको छ । आमसभामा यो विरोध कार्यक्रम आयोजना गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका छन् ।