२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको आजदेखि केन्द्रीय कमिटी बैठक सुरु भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा बसीरहेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी पार्टीको केन्द्रीय समितिको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रित हुने प्रस्ताव गरेका छन् ।
अध्यक्ष प्रचण्डले सुरुमा ब्रिफिङ गरेका थिए । त्यसक्रममा प्रचण्डले पार्टले महाधिवेशनबाट जे संस्थागत निर्णय गरेको थियो सोही अनुसार एमसीसी अनुमोदन भएको बताए । ‘एमसीसी व्याख्यात्मक घोषणासहित पास एजेण्डा हाम्रो सामू आएको थियो ।
आफूहरूले संशोधनविना एमसीसी अनुमोदन गर्न हुँदैन भन्दै आएको र त्यसका लागि व्याख्यात्मक घोषणाले सहयोग गरेकाले निर्णयमा पुगेको प्रचण्डको प्रष्टीकरण छ । साथै एमसीसीमा व्याख्यात्मक घोषणासँगै एमसीसी पास गर्न तयार भएकाले सत्ता गठबन्धन चुनावसम्मै जाने वातावरण बनेको पनि प्रचण्डले बताएका छन् ।
नेपालले के चाहन्छन भनेर १२ बुँदामा स्पष्ट कुरा राखेका कारण एमसीसी पारित गर्दा माओवादीले राख्दै आएको अडान फेरिएको नभई आवश्यकता अनुसार सही निर्णय र आवश्यक निर्णय भएको प्रचण्डको जिकिर छ ।