२० फागुन, काठमाडौं । अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै थापाको तर्फबाट उनकी दिदी तारा थापाले नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी दिएकी छन् । उनले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।
नायक पल शाह र गायीका समिक्षा अधिकारीकोे बालात्कार काण्डमा पीडित पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ ।
व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार ए वान मिडिया दर्ता भए नभएको जानकारी दिन प्रेस काउन्सिललाई पत्रचार गरिएको छ ।