काठमाण्डौ प्रहरी प्रमुखमा श्यामलाल ज्ञवाली र अपराध अनुसन्धान महाशाखा टेकु मा दिप थापालाई खटाईयो

१२ वैशाख, काठमाडौं । कोरोना भाइरसको कहरसँगै सरकारले प्रहरी प्रशासनको फेरबेदल गर्ने क्रममा गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ । उनी हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत् छन् । श्याम प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीका भाइ समेत हुन् ।
त्यस्तै, महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा एसएसपी दिपक थापालाई पठाइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखामा कार्यरत् थिए ।
हाल काठमाडौं प्रहरी प्रमुख रहेका उत्तम सुवेदी र अपराध अनुसन्धान महाशाखाका सहकुलबहादुर थापाको डीआईजीमा बढुवा भएको छ ।
सुवेदी सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पठाइएका छन् भने थापाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मेवारी पाएका छन् ।