झापामा फेरि ६२ वर्षे पुरुषमा कोरोना भाइरस संक्रमित

१२ वैशाख, झापा । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज झापामा थप एक जना कोरोना संक्रमित थपिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो ।
संक्रमित झापा निवासी ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आइसोलेसनमा रहेका उनको अवस्था सामान्य छ । योसँगै अब नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ । ४९ जना मध्येमा १० जना निको भई सकेका छन् ।