बढी मूल्यमा नुन बिक्री गर्ने व्यापारीलाई दुई लाख जरिवाना

१२ वैशाख, काठमाडौं । कोरोना महामारीको लकडाउन को मौका छोपी ठूला साना व्यापारीले कालोबजारी र चर्को मुल्यमा खाद्य वस्तुको मनोमानी मूल्य निर्धारण गरेर बिक्री वितरण गरिरहेका छन् । त्यस्तै ती व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित एक कटुवाल स्टोर्सलाई दुई लाख रूपैयाँ जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो ।
त्यसैगरी विभागले मूल्यसूची नराखी जथाभावी बिक्री गरेको भन्दै ज्ञानेश्वरस्थित राजेन्द्र मिट सप, इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसल प्रत्येकलाई ५०(५० हजार रूपैयाँ जरिवाना गरेको छ ।
(रासस)