कोरोनाभाइरस संक्रमण दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती -जर्मनी चान्सलर

एजेन्सी

१२ वैशाख, काठमाडौं । जर्मनीकी चान्सलर एंगेला मर्केलले उनको देशले कोरोनाभाइरस संक्रमणसँग लड्नका लागि निकै चलाखीपूर्ण र सतर्कताका साथ काम गर्न आवश्यक भएको बताएकी छिन् । मर्केलले यो संकटको सुरुवात मात्रै भएको बताएकी छिन् । उनले भनिन्,ृज्ञे‘हामीले यो भाइरससँग लामो समयसम्म बाँच्नुपर्नेछ । जर्मनी निकै भिन्न तरिकाले तयार हुनुछ । अर्थात् इयूको बजेटमा हाम्रो योगदान आशा गरेभन्दा धेरै हुनेछ ।
हिजो बिहिबार जर्मनीमा कोरोनाभाइरसको संक्रमण बढेर १ लाख ४८ हजार बढी पुगेको छ । यहाँ मृतकको कूल संख्या ५ हजार ९४ पुगेको छ । मर्केलले कोरोनाभाइरसलाई संक्रमण दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती रहेको उक्त अबसरमा बताएकी छिन् ।