आज चट्याङ्ग सहित बदली हुने मौसम महाशाखा

१२ वैशाख, काठमाडौं । नव वर्ष २०७७ साल लागेसँगै नेपालको मौसम मा गढबढी नै आइरहेको छ । बेलाबेला पानी पर्ने, अधँेरी हुने, चट्याङ्ग लाग्ने जस्ता कार्यले मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएको जनाएको छ । आज महाशाखाले मौसमको पूर्वानुमान गर्दै देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो । यसैगरी, महाशाखाले हाल देशभर आंशिक बदली रहेको जनाएको छ । त्यस्तै, आज दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ ।
मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि मध्य र पूर्वी भू–भागका थोरै स्थानमा र पश्चिमि भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।