बिधेयक बिरुद्ध नेबिसंघको दशैभरी प्रदर्शन

१२ वैशाख, काठमाडौं । हालै मात्र सरकारले ल्याएका दुई अध्यादेश फिर्ता को गर्न माग गदै त्यसका बिरुद्ध आज नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका सहित देशैभर पाँचरपाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।
सरकारले हालै मात्र राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी निर्णय गरन् सक्ने गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको छ । कोरोना महामारी रोकथाम गर्नु पर्नेबेलामा देशमा अस्थिरता ल्याउन अधिनायकवादउन्मुख भएर विधेयक ल्याइएकोले विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।
सरकारले तत्काल तत्काल अध्यादेश फिर्ता नगरे देशैभर आन्दोलनलाई निरन्तरता दिने महामन्त्री भट्टराईले जानकारी दिएका छन् ।