२०७२ सालको महाभूकम्पलाई सम्झदा

१२ वैशाख, काठमाडौं । आज बैशाख १२ गते २०७२ साल बैशाख १२ गते नै महाभूकम्प गएको दिन जो आज ५ वर्ष पूरा भएछ । ०७२ वैशाख १२ को भूकम्पले क्षतिर्पुयाएका कयौं पुरातत्व संरचना, जस्तै धरोहरा, हनुमानढोका, पाटनदरबार, भक्तपुर दरबार साथै अन्य संरचनाहरुको अझै सम्पन्न भएका छैनन् ।
तर आज ठिक यतिबेला कोरोना भाइरस (कोभिड– १९) को महामारीले संक्रमणको त्रास फैलाएर देश नै लकडाउनमा रहेको छ । अहिले कुनै भौतिक संरचना र अन्य कुनै संरचनाको निर्माण कार्य शुचारु भएका छ्रैनन् । त्यो बेला आजकै दिन भूकम्पको ज्याजदीले जनताको न बास र न गाँसको बिचल्ली बनाए झै आज पनि बाँस भए पनि गाँसको समस्या ल्याइएिको छ कोरोनाले । जनताको सकमै बास र सकडकै गाँस भएको बेला सरकारले व्यवस्था गरेजस्तो देखिन्छ । कयौैं मानिस घर जाने क्रममा बाटोमै अलपत्र अवस्थामा रहेका छन् भने कयौ मानिस एक छाक खाएर भए पनि उपत्यका मै गुजारा चालिरहेका छन् । त्यसैले २०७२ सालको जस्तो महाभुकम्पले ल्याएको जस्तो विपत्ति यस पटकको कोरोना महाकारीले नल्याओस् र सरकारले त्यसतर्फ पनि सजक र सर्तकता पअनाओस् ।