Breaking News

एमसीसी विरुद्धमा भएको झडपमा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते

आज बानेश्वरमा भएको एमसीसी विरुद्धमा भएको झडपमा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् । प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएकी हुन् । यस्तै क्रान्तिकारीका नेताहरु केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत एक दर्जनभन्दा बढी अरु नेता तथा कार्यकर्ता समेत घाइते भएका छन् । अन्यौ प्रदर्शनकारी समेत घाइते भएको बुझिएको छ त्यसको एकिन भएको
छैन । संसदमा तिनै प्रदर्शनकारीका नेता तथा सांसदहरुको सहमतिमा संसदमा एमसीसी टेबल गरिरहेका छन् भने बाहिर उनैका कार्यकर्ता सोही एमसीसीको बिरोधमा सडकमा प्रहरीसँग लडेर घाइते र अंगभंग भएका छन् । यसको परिणाम के हुन्छ त्यसको प्रतिफल भोलिका दिनमा आउने नै छ ।