Breaking News

संसदमा एमसीसी टेबल हुँदै गर्दा : बानेश्वर क्षेत्र युद्ध मैदान

आज बानेश्वर क्षेत्र युद्ध मैदान नै बन्यो । नजिकैको संसद भवनमा सरकारले एमसीसी संसद्‍मा टेबल गरिदै रहँदा बाहिर सडकमा आन्दोलन चर्किँदै थियो । केही दिनदेखि बानेश्वर क्षेत्र एमसीसीका कारण तनावग्रस्र्थ छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्‍मा टेबल गराए । लगत्तै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका थिए । उनीहरूले चर्का नाराबाजी गर्दै निषेधित क्षेत्रमा प्रदर्शन थालेपछि प्रहरी हस्तक्षेप भएको छ भने सो क्रममा दर्जनौँ घाइते भएको बताइएको छ । प्रदर्शन गर्नेमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठनसहित साना कम्युनिस्ट घटकहरू आन्दोलनमा उत्रेका थिए ।

संसदमा एमसीसी टेबल हुँदै थियो भने बाहिर प्रहरी र प्रदर्शनकारी बिच हानहान र दौडादौड चलिरहेको थियो । दुबै तर्फबाट कयौं घाइते र अंगभंग भएका छन् । पछिल्लो पटक प्रदर्शनकारीले प्रहरीलाई ढुंगाप्रहारगर लखेट्न थालेपछि जवाफमा प्रहरीले रबरको गोली प्रहार गर्दा प्रदर्शनकारीबाट कयौंको संख्यामा हताहस भएको बुझिएको छ । तर एकिन विवरण भने बाहिर आएको छैन ।