Breaking News

प्रतिनिधि सभा आजको बैठकमा अमेरिकी सहयोग सम्झौता एमसीसी प्रस्तुत

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले प्रतिनिधि सभा आजको बैठकमा अमेरिकी सहयोग सम्झौता एमसीसी प्रस्तुत गरेका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने भनिए पनि मन्त्री शर्मा अनुपस्थित भएपछि मन्त्री कार्कीले प्रस्तुत गरेका छन् ।

उनले ४ सय केभी विद्युत प्रसारण लाइन र सडक बनाउनका लागि ५ सय मिलियन डलर उपलब्ध गराउने विषयमा एमसीसी सम्झौता केन्द्रित रहेको जानकारी गराए । सम्झौता कार्यान्वयनमा आएको ५ वर्षमा आयोजनको काम सकिने बताउँदै उनले सम्झौता अनुमोदन गर्न आग्रह गरे । उनले हालको विनियम दर अनुसार अमेरिकाले दिने सो सहयोग हालको विनिमय दर अनुसार ६० अरब हुने बताउँदै सो आयोजनाले देशभर विद्युत प्रसारण लाइनको सञ्जाल हुने दाबी गर्ने बताएका छन् । उनले आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्नका लागि राजनीतिक सहयोग चाहिने भएकोले विकास आयोजनाबाट हुने लाभका लागि सहयोग गर्न आग्रह गरे ।